काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना शेयरधनीको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको हो।
इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ। आवेदन बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नक्साल, नागपोखरी वा बैंकको प्रधान कार्यालय टंगालमा बुझाउनु पर्नेछ।
साथै तोकिएको समयसीमाभित्र बैंकका संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरे शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।
Artha Sanjal
अर्थ सन्जाल