काठमाडौं । आज ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
बैंकले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन् । तसर्थ आज मंसिर ६ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस शेयर वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा–पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल