काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउसबीच बैंकका नेपाल पे मर्चेन्टहरुका क्वीआरमा अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।
बुधबार भएको सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्वीआर तथा यसका अन्तरक्रियात्मक क्वीआरको मर्चेन्ट क्वीआरमा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्वीआर तथा यसका अन्तरक्रियात्मक क्वीआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
अलिपे प्लस को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि नेटवर्क प्राप्त गर्दै, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । अलिपे प्लसको नेटवर्कमा अलिपे चाइना ओसिविसि, चांगी पे , जीक्यास, अलिपे एचके, हाईपे, काकाओ पे, तोसपे, नाभेरपे, टिएनजिडि, पिविवि, ट्रीयुमनी, एमपे , तिनवा मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले अलिपे प्लससँग अन्तराष्ट्रिय पेमेन्ट पार्टनर अन्र्तराष्ट्रिय पेमेन्ट पार्टनरका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहल अनुरुप अब सिटिजन्स बैंक इन्टरनेशनलसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्वीआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्वीआर एक स्वतन्त्र क्वीआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो । हाल नेपाल पे क्वीआर को नेटवर्क मा ८ लाख पचास हजार भन्दा बढि (अन्तरक्रियात्मक क्वीआर समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन् ।
सिटिजन्स बैंक इन्टरनेशनलले आफ्ना देशभर रहेका १९७ शाखाहरु, ३ वटा एक्सटेन्शन काउन्टर, ७४ वटा शाखा रहित बैंकिङ्ग र १६२ एटिएमहरु मार्फत आफ्ना १८ लाख भन्दा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपाल पे क्वीआर मा १३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।
थप जानकारीको लागि www.nchl.com.np वा www.ctznbank.com मा जानुहोस् ।
अर्थ सन्जाल