बढ्यो सेयर बजार, ७ अर्ब ९ करोडकाे काराेबार

काठमाडौं । आज सेयर बजार ९.०९ अंकले बढेर २७११.७५ को विन्दुमा कायम भएको छ ।

आज ३२३ कम्पनीको १ करोड ५४ लाख ६४ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ । आज ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको ३२ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको २३ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च कारोबार भएका १० कम्पनी

ङादी ग्रुप पावर ३२ करोड ८१ लाख रुपैयाँ,जानकी फाइनान्स ३२ करोड २० लाख रुपैयाँ,नेपाल फाइनान्स २३ करोड २२ लाख रुपैयाँ,हिमालय ऊर्जा १९ करोड १७ लाख रुपैयाँ,बेस्ट फाइनान्स १५ करोड ५१ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक १५ करोड २३ लाख रुपैयाँ,मितेरी डेभलपमेन्ट बैंक १४ करोड ५४ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १३ करोड २३ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंक १२ करोड ६८ लाख रुपैयाँ,माथिल्लो मैलुङ खोला जलविद्युत १० करोड ९६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *