काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था परिमार्जन गरि नयाँ मस्यौदा तयार पारेको छ ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्थामा संशोधन/परिमार्जन गरि कर्जा सूचना सम्बन्धी व्यवस्थाको मस्यौदा तयार पारिएको हो ।
यस मस्यौदामा राय/सुझाव दिन मंसिर ३० गतेसम्मको समय तोकिएको छ ।
यस मस्यौदा अनुसार बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई तोकिएको भुक्तानी तालिकाबमोजिम किस्ता, साँवा वा ब्याज नतिर्ने ऋणीहरूको वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । नियतपूर्वक ऋण नतिर्ने ऋणी र परिस्थितिवश ऋण तिर्न नसक्ने ऋणीहरू भनेर वर्गीकरण गरिनेछ ।
यस्तो सिफारिसबमोजिम केन्द्रले उक्त ऋणी र सोसँग सम्बन्धित पक्षलाई नामनामेसी (पहिचान खुल्ने आधिकारिक कागजातको नम्बर वा कार्ड नम्बर वा अन्य प्रमाण)यकिन गरी पाँच कार्य दिनभित्र सम्बन्धित सूचीमा राखी सोको अद्यावधिक विवरण सरोकारवालाले सहजै प्राप्त गर्न सक्ने प्रणालीको व्यवस्था गर्नुपर्नेछ ।
अर्थ सन्जाल