स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति परिवर्तन

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बु्क क्लोजको मिति परिवर्तन गरेको छ। बैंकले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको जानकारी गराएको हो ।

बैंकले मंसिर ४ गते साधारणसभाको सूचना प्रकाशित गर्दै मंसिर ६ गते बुक क्लोज गर्ने बताएको थियो। तर पछि बैंकले उक्त मितिलाई परिवर्तन गरेर मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

मंसिर ११ गतेसम्म कायम सेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले मंसिर २५ गते साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ .५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *