बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले घटेको छ । आज चाँदी तोलामा १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *