काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन–असोज) मा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्ष यसै महिना शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड बचतमा थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ३८ करोड छ । अघिल्लो आव ७६ करोड ६८ लाख डलर बचतमा थियो ।
यस अवधिमा चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ बचतमा देखिन्छ । अघिल्लो आव सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा चालु खाता ८३ करोड ४० लाख बचतमा छ । अघिल्लो वर्ष ४४ करोड ९४ लाख डलर बचतमा थियो ।
समीक्षा अवधिमा खुद पूँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल