![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/durga.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध तीनवटा अभियोगमा मुद्दा चलाउने तयारी भएको छ ।
सीआईबीले साइबर अपराध, कागजात कीर्ते र मानहानीको कसुरमा अनुसन्धान अघि बढाएर मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीकाअनुसार उनीविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले सो मुद्दा चलाउने भएको हो ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबीसहित प्रसाईंले भक्तपुरस्थित निवासमै युट्युबरको सम्मेलन गरेका थिए ।
त्यसपछि उनले सोमबार नै फेसबुकमा एक भिडियो पनि सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको उक्त भिडिओ भाइरल भएपछि सीआईबीको टोलीले पक्राउ गरेको हो ।
प्रसाईंसँगै फेक भिडिओ बनाउन जुटेका सबैलाई कानुनी कारबाही गरिने सीआईबीले जनाएको छ ।
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल