काठमाडौं । सेयर बजारमा विभिन्न १६ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् ।
नेपाल स्टक एक्स्चेन्जको तथ्यांकअनुसार मेन्छियाम हाइड्रोपावर ६४२.१०, मनकामना इन्जिनियरिङ हाइड्रोपावर ४६८, बरुण हाइड्रोपावर ४३६, रिभर फल्स पावर ८०७, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी ५७६, ङादी ग्रुप पावर ५७१, अपरहेवाखोला हाइड्रोपावर ६४४.९, सयपत्री हाइड्रोपावर ७९६ र बाराही हाइड्रोपावर ८०० मा पुगेको छ ।
त्यस्तै २ विकास बैंक कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक ११६० र ग्रीन डेभलपमेन्ट बैंक ९०० हालसम्मकै उच्च भएको छ ।
४ लघुवित्त कम्पनी धौलागिरि लघुवित्त १७३७, माहुली सामुदायिक लघुवित्त १८२३, स्वाभिमान लघुवित्त २०४४.९०, मानुषी लघुवित्तको २२०५ मूल्य हालसम्मकै उच्च भएको छ । फाइनान्स सेक्टरको जानकीको १०६२ मूल्य हालसम्मकै उच्च छ ।
अर्थ सन्जाल