काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक भएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंगलबार सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले भने, ‘सबै भन्दा पहिलो आवश्यकता शान्ती कायम गराउनु हो तर सुरक्षा सँगै अनुशासन पनि कायम गराउन जरुरी छ ।’
मन्त्री लेखकले मङ्सिर १६ मा हुने स्थानीय तह उप निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउने वातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण हामी सबैको दायित्व हो ।’
लोकतन्त्र मर्यादित व्यवस्था भएको हुनाले लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उनले बताए । गृहमन्त्रीले सीमा नाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद् र सवारी दुर्घटना नियन्त्रणमा गम्भीर भएर काम गर्न निर्देशन दिएका छन् ।
अर्थ सन्जाल