काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनिले सेयरधनीको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता सेयर ल्याएको हाे । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकेको छ ।
यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।
सेयर खरिद गर्न इच्छुक जो कोहीले आजदेखि ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल