काठमाडौं । सुपरमाई हाइड्रोपावरले मंसिर २८ गते वार्षिक साधारण सभा बोलाएकाे छ । सभा लिसरा रिसेप्सन प्रालि, नक्साल काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५.६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १६ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल