नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको ८३ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको हाे ।

यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (मंसिर ४ गते) देखि ७ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *