काठमाडौं । काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ ।
आईटीसी होस्पिटालिटीसँगको साझेदारी पत्रमा हस्ताक्षरको दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार विधिपूर्वक पूजा गरेर शिलान्यास गरेका हुन् ।
यो होटेल २५ तले संरचनासहितको हुनेछ । यो होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनेछ । ३५० कोठे होटलमा ४० कोठा अपार्टमेन्ट र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बनाइनेछ ।
होटेल निर्माणका लागि साढे ६ अर्ब लगानी गुरुङले गर्दैछन् ।
शिलान्यासका क्रममा गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने योजना सुनाए । यस होटललाई नेपालकै लक्जरी आतिथ्यतासहितको बनाउने पनि बताएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल