काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले १ बराबर १ अर्थात हाल कायम चुक्ता पुँजीको शतप्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको छ ।
कम्पनीको मंसिर २ गते बसेकोे सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम कम्पनीको ऋण तथा दायित्व भुक्तानी गर्न र दरम खोला ‘ए’ जलविद्युत आयोजनाको मर्मत सुधार गर्ने प्रयोजनको लागि खर्च गरिने कम्पनीको भनाई छ ।
Artha Sanjal
अर्थ सन्जाल