काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । जसमध्ये १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण र ५ अर्बको रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्दैछ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको हो । यो ट्रेजरी बिल २०८२ जेठ ६ गते परिपक्व हुनेछ । यस्तै, २८ दिन र १८२ दिनको ट्रेजरी बिल भने नवीकरण गर्नेछ ।
२८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस २ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन ६ गते परिपक्व हुनेछ ।
बोलकबोलमा आज विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
Artha Sanjal
अर्थ सन्जाल