नेपाल बैंकले मनायो ८८औँ वार्षिकोत्सव

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक २०८१ कात्तिक ३० गते ८७औँ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको हो ।

सोही अवसरमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकले नेपालभर २२९ शाखा, २०५ एटीएम मेसिन साथै ६० वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *