माई खोला हाइड्रोपावरले बोलायो साधारणसभा ?

काठमाडौं। माई खोला हाइड्रोपावर लिमिटेडले बोलायो साधारणसभा । सभा मंसिर १४ गते स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *