काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९४ प्रतिशत बढी हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.७० प्रतिशत बढेर ४ करोड ४३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ०.७५ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी १७३.११ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च सो अवधिमा ९.२६ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ९० पैसा बढेर १८ रुपैयाँ १९ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.७२ गुणा रहेको छ।
६१ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ५३ लाख रुपैयाँ रहेको छ।
अर्थ सन्जाल