काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को साउन–कात्तिकको अवधिमा ३ खर्ब २९ अर्ब १ करोड आम्दानी गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कअनुसार आम्दानी राजस्व, अनुदान र अन्य गरेर सरकारलाई प्राप्त भएको हो । चालू आवमा सरकारले ५२ अर्ब ३२ करोड अनुदान लिने लक्ष्य राखेको छ ।
यही अवधिमा सरकारी खर्च भने ४ खर्ब १५ अर्ब २ करोड भएको छ । सरकारले साउन–कात्तिक महिनामा २ खर्ब ९२ अर्ब ५२ करोड चालु खर्च गरेको छ ।
Artha Sanjal
अर्थ सन्जाल