काठमाडौं । साताकाे पहिलाे काराेबारकाे दिन प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ विन्दुले बढेको छ । सेसनमा ४.६४ अंक बढेर २७५३.४३ विन्दुमा पुगेको छ। ५ करोड २७ लाख ३५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ९२ कम्पनीको ६९ हजार ३ सय ४४ कित्ता सेयर कारोबार भएको छ ।
५५ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ७६ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल