![](https://arthasanjal.com/wp-content/uploads/2024/09/1100x100-1-1.webp)
![](https://arthasanjal.com/wp-content/uploads/2024/11/c53ded4ce5a93c95d4ff58d651ebb29b1684134611.jpg)
![](https://arthasanjal.com/wp-content/uploads/2024/04/Salt-Trading-1.webp)
काठमाडौं। माई खोला हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १४ गते बस्ने सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । तर लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गर्ने एजेन्डा छैन ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २८ गतेसम्म कायम रहेका शेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
Artha Sanjal
![](https://arthasanjal.com/wp-content/uploads/2024/09/Sme-Loan-Updated.gif)
अर्थ सन्जाल