संस्थापकतर्फका १ लाख ४९ हजार २०१ कित्ता सेयर बिक्री गर्दै मेगा बैंक

मेगा बैंक नेपालले संस्थापक तर्फको एक लाख ४९ हजार २०१ कित्ता सेयर बिक्री गर्ने भएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उकत सङ्ख्या बराबरको संस्थापक सेयर बिक्री गर्नेछ।

राष्ट्र बैंकको विद्यमान निर्देशिका बमोजिम बैंकले हाल कायम संस्थापक सेयरधनीहरुलाई सो सेयर बिक्री आह्‍वान गरेको हो। राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ। इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिन भित्र लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *