काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ ।
निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ ।
अब काठमाडौँ र पोखरामा मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।
Artha Sanjal
अर्थ सन्जाल