काठमाडौं। अर्थसंजाल डटकम ७ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेशको अवसरमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश व्यक्त गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रको विकासमा यस संचारमध्यमले उल्लेख्य योगदान पुर्याउने विश्वास व्यक्त गरेका हुन् ।
अर्थमन्त्री पौडेलले सन्देशमा भनेका छन्,-‘ व्यक्ति, समाज र राष्ट्रको सर्वोत्तम हितमा निष्पक्ष ढंगवाट उत्तरदायित्व बहन गर्दै आर्थिक पत्रकारिता मार्फत् नागरिकमा सत्य तथ्य सूचना प्रवाह गरी वित्तीय चेतना अभिवृद्धि गर्दै उद्यमशीलता र उत्पादनमुखी अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिएको छु।’
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल ले शुभकामना
अर्थसंजाल मिडियाद्वारा संचालित अर्थसंजाल डटकम सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
अर्थतन्त्रमा देखिएका समस्याको उजागर, चुनौतीको सामना, सम्भावनाको खोजी र समाधानका विषयमा भए गरेका गतिविधिहरुलाई आम नागरिक माझ पुर्याएर सरोकारवाला पक्षहरूलाई सुसूचित गर्दै देशको समग्र आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहन्छ। मुलुकको अर्थतन्त्रलाई थप चलायमान र बलियो बनाउन आर्थिक पत्रकारिताको महत्व र जिम्मेवारी बढेका बेला आगामी दिनमा अझ बढी खोजमूलक एवं तथ्यपरक र विश्लेषणात्मक सामग्री प्रस्तुत गर्दै अधि बढ्ने अपेक्षा लिएको छु।
अर्थतन्त्रमा सुधार ल्याई चलायमान बनाउन सरकारले योजनावद्ध र व्यवस्थित रुपमा काम गरिरहेको छ। सरकार अर्थतन्त्रमा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न हुनुहुने सबै पक्षहरुसँग सहकार्य र संवादमा छ। सबै पक्षहरुबीचको सहकार्य र हातेमालोवाट उचित परिणाम निकाल्न सकिन्छ भन्ने सरकारको ठम्याई हो। त्यसैले यस मिडियाले आगामी दिनमा पनि व्यक्ति, समाज र राष्ट्रको सर्वोत्तम हितमा निष्पक्ष ढंगवाट उत्तरदायित्व बहन गर्दै आर्थिक पत्रकारिता मार्फत् नागरिकमा सत्य तथ्य सूचना प्रवाह गरी वित्तीय चेतना अभिवृद्धि गर्दै उद्यमशीलता र उत्पादनमुखी अर्थतन्त्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास लिएको छु।
अन्त्यमा, अर्थसंजाल डटकमको आठौँ वार्षिकोत्सवका अवसरमा पुनः उत्तरोत्तर प्रगति एवं सफलताको कामना व्यक्त गर्दछु।
अर्थ सन्जाल