काठमाडाैं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.४५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९९ प्रतिशत घटेको छ भने कुल आम्दानी ५.६९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ८७.६६ प्रतिशत र कुल खर्च ४.०६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ६ करोड ३३ लाख रुपैयाँबाट घटेर ४ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७ पैसा बढेर १ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.६५ गुणा रहेको छ।
१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने ४ करोड ५१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
अर्थ सन्जाल