काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा २.५१ प्रतिशतले बढेकाे छ । कम्पनीले यो अवधिसम्ममा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ११ करोड २४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म २८ करोड २२ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्ममा २७ करोड ७८ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी ५५ करोड १७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस १६.९४ रुपैयाँबाट बढेर १७.३६ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २०९.६२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४८९.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८२ गुणा कायम भएको छ ।
अर्थ सन्जाल