काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनिले पहिलो त्रैमाससम्म २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा ५.१२ प्रतिशतले बढेको छ।
कम्पनीले ४ अर्ब २७ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
प्रथम त्रैमासमा कम्पनीले ४ अर्ब १७ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।
चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेको छ।
कम्पनीको महाविपत्ति कोषमा ५१ करोड २७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड ६७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.६६ रुपैयाँ पुगेको छ। पीई रेसियो ३९.४८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८.९९ रुपैयाँ रहेको छ।
अर्थ सन्जाल