काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनिले पहिलो त्रैमासम्मकाे १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४२.०७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले ९ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
हाल एसियन लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ ।
यसको रिटेन्ड अर्निङमा ४५ करोड ९२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी पनि बढेर १५.६४ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १२३.११ रुपैयाँ छ ।
Artha Sanjal
अर्थ सन्जाल