काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनिले पहिलो त्रैमाससम्ममा ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा गत वर्षको भन्दा ५४.३० प्रतिशतले कम हो ।
समीक्षा अवधिमा कम्पनीले ६६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ६२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कुल बीमाशुल्क ६.२० प्रतिशतले बढेको छ।
प्रथम त्रैमासमा कम्पनीले ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कमपनीले ३४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क १.३९ प्रतिशतले बढेको छ।
चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १९ करोड ५५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १७ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ११ करोड ६१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको थियो। कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
अर्थ सन्जाल