काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष असार मसान्तसम्म २ अर्ब ५६ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाएको थियो ।
कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा २ अर्ब ९३ करोड छ । ४५६ मेगावाटको आयोजनामा गत असोजको बाढीले असर पारेपछि विद्युत् उत्पादनमा आएको अवरोधले आम्दानी घटेको हो ।
वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ९८ पैसा छ । प्रतिसेयर नेटवर्थ जम्मा ६० रुपैयाँ ४२ पैसा छ ।
Artha Sanjal
अर्थ सन्जाल