काठमाडौं । नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ । टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफा गत आर्थिक वर्षको साेही अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो ।
वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ । कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड छ ।
पहिले वार्षिक प्रतिसेयर आम्दानी ४५ रुपैयाँ रहेकोमा अहिले ३८ रुपैयाँ ६६ पैसामा झरेको छ । कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ । प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ छ ।
Artha Sanjal
अर्थ सन्जाल