काठमाडौं। समता घरेलु लघुवित्तले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो।
कम्पनीले कार्तिक १२ देखि कार्तिक २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो।
क्यापिटलका अनुसार यस निष्काशनमा १३ लाख ४८ हजार ९ सय १२ जनाले १ करोड ९६ लाख ९६ हजार १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १३ लाख ४७ हजार ५ सय १३ जनाको मात्र आवेदन योग्य भएको छ।
माग भन्दा बढीको आवेदन भएकोले गोलाप्रथाबाट कम्पनीको शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ३५ हजार ९० जनाले कम्पनीको शेयर पाएका छन् ।
शेयर पाउने ३५ हजार ९० जना मध्येबाट ४ जनाले ११ कित्ता शेयर, १ जनाले १०.२५ कित्ता शेयर र बाँकीले १० कित्ताको दरले शेयर पाएका छन् ।
अर्थ सन्जाल