काठमाडौं । बुटवल पावर कम्पनीको नाफा १२.१ प्रतिशतले घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६ करोड ६० लाख रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा यस्तो नाफा ७ करोड ५१ लाख रुपैयाँ थियो ।
कम्पनीको बिक्री आम्दानी पहिले २१ करोड ५ लाख रुपैयाँ रहेकोमा अहिले २० करोड ९० लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा छ । असोज मसान्तसम्म प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ छ ।
Artha Sanjal
अर्थ सन्जाल