काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा ५ करोड ३४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी पहिले १ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ४० करोड रुपैयाँ छ ।
बैंकको ब्याजदर घट्दा कम्पनीको वित्तीय लागत घटेको छ । पहिले यस्तो लागत १ करोड ५४ लाख रुपैयाँ रहेकोमा अहिले २७ लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १ रुपैयाँ २ पैसा छ । प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ २८ पैसा छ ।
Artha Sanjal
अर्थ सन्जाल