काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
जसअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ११. २२ प्रतिशतले बढेको छ। गत आवमा कम्पनीले १३ करोड ३ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो तर सोहि अवधिमा यो नाफा बढेर १४ करोड ५० लाख रुपैयाँ पुगेको हो।
कम्पनीको कुल आम्दानी १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत चालु आवमा सो आम्दानी १ अर्ब ३६ करोड मात्रै थियो
गत आवको पहिलो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ५ करोड रुपैयाँ रहेकोमा चालू आवमा बढेर १० अर्ब ७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको यसै समयमा कम्पनीको जीवन बीमा कोष ४२.७२ प्रतिशतले बढेको हो।
Artha Sanjal
अर्थ सन्जाल