बुटवल पावरको नाफा १२.०७ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं ।  बुटवल पावर कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको  खुद नाफा घटेको छ ।
यसअवधिमा कम्पनीको खुद नाफा १२.०७ प्रतिशतले घटेर ६ करोड ६० लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ५१ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको  विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.७२ प्रतिशतले घटेर २० करोड ९० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीमार्फत २१ करोड ५ लाख ३९ हजार रुपैयाँ कमाएको थियो ।
कम्पनीको  प्रतिशेयर आम्दानी १ रुपैयाँ ९४ पैसा छ  भने प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ५० पैसा रहेको छ ।  हाल कम्पनीको  चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ  रहेको छ । जगेडा कोषमा ३ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *