नेरुडे मिर्मिरे लघुवित्तको खराब कर्जा १६.१४ प्रतिशत पुग्यो, घाटा २६ करोड

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्तले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जस अनुसार लघुवित्तको अधिकांश सूचकमा गिरावट देखिएको छ । गत वर्ष १ करोड ९० लाख नाफा कमाएको यस लघुवित्तले  यसअवधिमा २६ करोड ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।
कम्पनीको  इम्पेयरमेन्ट चार्ज २ करोड ५१ लाखबाट बढेर २७ करोड पुगेको छ । यसअवधिमा नेरुडे मिर्मिरेले २६ करोड ५२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ ।
 गत वर्ष खराब कर्जा ५.५२ प्रतिशत रहेकोमा  यस अवधिमा कम्पनीको खराब कर्जा बढेर १६.१४ प्रतिशत पुगेको छ । यसअवधिमा कम्पनीको निक्षेप संकलन सामान्य बढेको भएपनि कर्जा लगानीमा भने गिरावट आएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी  ९४.१९ प्रतिशतले बढेको छ । कम्पनी  वार्षिक  ७४.३३ रुपैयाँ प्रतिशेयर नोक्सानीमा छ । यसको प्रतिशेयर नेटवर्थ १६२.९५ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *