काठमाडौँ। सांसद एवं व्यवसायी विनोद चौधरीले राज्यको कानुनी दायराभित्र रहेर धन आर्जन गर्दा पनि निजी क्षेत्रले चर्को आलोचना खेप्नु परेको बताएका छन् ।
मुलुकमा कुल लगानीको ८० प्रतिशत र कुल रोजगारीको करिब ८५ प्रतिशत योगदान निजी क्षेत्रको रहेको बेला यो क्षेत्रलाई राज्यले सम्मान गर्नुपर्ने उनले बताए ।
कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो सत्र ‘नीति र समृद्धि’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले धन आर्जन गर्ने उद्योगी व्यवसायीलाई नकारात्मक रूपमा हेरिने गरेको बताएका हुन् ।
Artha Sanjal
अर्थ सन्जाल