कानुनभित्र रहेर धन आर्जन गर्दा पनि निजी क्षेत्र आलोचित हुनुपरेको छ: सांसद चौधरी

काठमाडौँ।  सांसद एवं व्यवसायी विनोद चौधरीले राज्यको कानुनी दायराभित्र रहेर धन आर्जन गर्दा पनि निजी क्षेत्रले चर्को आलोचना खेप्नु परेको बताएका छन् ।

मुलुकमा कुल लगानीको ८० प्रतिशत र कुल रोजगारीको करिब ८५ प्रतिशत योगदान निजी क्षेत्रको रहेको बेला यो क्षेत्रलाई राज्यले सम्मान गर्नुपर्ने उनले बताए ।

 

कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ को दोस्रो सत्र ‘नीति र समृद्धि’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले  धन आर्जन गर्ने उद्योगी व्यवसायीलाई नकारात्मक रूपमा हेरिने गरेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *