काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रारम्भिक निर्वाचन प्रक्रियाबाट आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनको लागि उम्मेदवार छनोट गरेको छ ।
पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्वप्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि उम्मेदवार छनाटे गरिएको पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले जनाएको हो ।
Artha Sanjal
अर्थ सन्जाल