मितेरी सहकारी ठगी प्रकरणः धनराज गुरुङसँग सीआईबीले लियो बयान

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ।

बुधबार सिआइबी कार्यालयमा बोलाएर ललितपुरको मितेरी सहकारीमा भएको अपचलनबारे गुरुङसँग लिखित बयान लिएको हो।

मितेरी सहकारीको बचत हिनामिनामा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएको र र सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा रिण तिरिरहेको पाइएपछि धनराजको भूमिकालाई शंकास्पद मानिएको थियो ।

धनराजकी पत्नी ज्योति गुरुङ पदाधिकारी रहेको मितेरी सहकारीमा सर्वसाधरणको १४ करोड रुपैयाँ अपचलन भएको संसदीय छानबिन समितिको निष्कर्ष छ।

संसदीय छानबिन समितिले गुरुङलाई पनि छानबिनको दायरामा ल्याउन निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *