काठमाडौँ । झाक्री प्रकाश भुजेल सवार गाडी (ल्याण्ड क्रुजर) ले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्
बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले शंखरापुर नगरपालिका वडा नम्बर ९ ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको बौद्ध प्रहरीले जनाएको छ ।
घाइतेहरुको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने महिलाको स्थिति गम्भीर रहेको छ ।
आफूले चलाएको गाडीले दुई जनालाई ठक्कर दिएपछि फरार भएका झाँक्री भुजेलले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनले बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
दुर्घटनापछि साँखु तनावग्रस्त बनेको छ । स्थानीयले बाटो अवरोध गरी टायर बाल्नुका साथै ढुंगामुढासमेत गरिरहेका छन् ।
Artha Sanjal
अर्थ सन्जाल