समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँटको मिति तय

काठमाडौं । समता घरेलु लघुवित्तको एफपीओ कात्तिक २९ गते बाँडफाँट हुने भएको छ । कम्पनिक अनुसार शुक्रवार बिहान ९ बजे क्यापिटलकै कार्यालय नारायणचौरमा बाँडफाँट हुने भएको हो ।

सीडीएसका अनुसार एफपीओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन्, जसमार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीको एफपीओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात खाली हुने भएको छ ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बरावरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ हकप्रद शेयर विक्री खुला गरेको थियो, जसमा ३५ हजार ९० जनाले मात्रै १०/१० कित्ताका दरले एफपीओ हात पार्नेछन् । सोहीमध्येका ४ जनाले थप १ कित्ता शेयर पाउनेछन् ।

कम्पनीले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *