काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।
प्राधिकरणमा आज पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो जानकारी दिएका हुन्। ‘२८ वटा उद्योगले बक्यौता रकम बुझाएका छ्रैनन्, सरकारले ती उद्योगबाट १५ दिनभित्र बक्यौता रकम असुलउपर गर्न निर्देशन दिएको छ’, उनले भने, ‘हाललाई २४ घन्टाभित्र लाइन जोडिन सरकारले निर्देशन दिएको छ। प्राधिकरणले सरकारले निर्देशन पालना गर्छ।’
घिसिङका अनुसार कुल ३३९ उद्योगले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत सेवा लिएका थिए। ‘तीमध्ये अधिकांशले बक्यौता रकम चुक्ता गरिसकेका छन्’, उनले भने, ‘बाँकी ३५ वटामध्ये ७ वटाको स्टे अर्डरमा छ। २८ वटाले भने हालसम्म प्राधिकरणले दिएको २८ किस्ता सुविधामा एक किस्ता पनि बुझाएका छैनन्।’
अर्थ सन्जाल