दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार, ७ अर्ब ९१ करोडको काराेबार

काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को विन्दुमा कायम भएको छ ।

आज ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ । आज ९९ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । याे दिन ७ वटा कम्पनिकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २५ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनसिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

जानकी फाइनान्सः ३३ करोड ८६ लाख रुपैयाँ,पोखरा फाइनान्स २५ करोड ८९ लाख रुपैयाँ,सप्तकोशी विकास बैंक २१ करोड ५७ लाख रुपैयाँ,समृद्धि फाइनान्स २१ करोड १३ लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर १८ करोड २२ लाख रुपैयाँ,सानिमा जीआईसी इन्स्योरेन्स १८ करोड ६ लाख रुपैयाँ,नेपाल फाइनान्स १४ करोड २८ लाख रुपैयाँ,गुह्वेश्वरी मर्चेन्ट १३ करोड ३३ लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स १३ करोड ७ लाख रुपैयाँ,बेस्ट फाइनान्स १२ करोड ७५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *