काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालकमा आशिष कुमार अग्रवाल नियुक्त भएका छन् । मंगलबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीमा रिक्त रहेको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी पुजा इन्टरनेशनल नेपाल प्रा.लिको प्रतिनिधि अग्रवाल कात्तिक २७ गतेदेखि हुने गरि संचालकमा नियुक्ति गरेको कम्पनीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल