काठमाडाैं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनिले संस्थापक सेयरधनिकाे नाममा रहेकाे ८ हजार ५४९ कित्ता सेयर बिक्रीमा राखेको हाे । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि वर्तमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । यसरी आवेदन दिदा के कति कित्ता सेयर खरिद गर्न चाहने हो उल्लेख गरी आवेदन दिनु पर्नेछ ।
निर्धारित मितिभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल