काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष साेही अवधिमा ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफामा ४.६३ प्रतिशतको गिरावट आएको छ।
कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी पनि ३.०४ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा कम्पनीको आम्दानी २ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर २ अर्ब २५ करोड ४५ लाख रुपैयाँमा खुम्चिएको छ।
Artha Sanjal
अर्थ सन्जाल