काठमाडाैं। बाढी र पहिरोका कारण बन्द रहेकाे अपर तामाकाेशी हाइड्रोपावरबाट करोडौं मूल्यका विभिन्न सरसामानहरु चोरी भएकाे छ । मर्मतका क्रममा निकालिएका सामग्रीहरु चोरी भएको हुन सक्ने आंशका अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी युनियनले गरेको छ ।
युनियनले साेमबार जारी गरेकाे बिज्ञप्तिमा भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरुको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’
Artha Sanjal
अर्थ सन्जाल